लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन हुँदै


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ। लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलमा पहिलो राष्ट्रिय सम्मेलन सुरु हुने आयोगले जानकारी दिएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ । सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।

केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

हाल गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस