प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजेलाई बोलाइएको छ ।

प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहनेछ । यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन विधेयकहरुलाई अघि बढाउन सक्छ ।

सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस