म प्राइममिनिष्टरको दौडमा छैन : देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म प्राइममिनिष्टरको दौडमा छैन : देउवा


२२ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला काँग्रेस सभापति देउवाले यस्तो बताएका हुन्।

शनिवार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने त्यस दौडमा नरहेको बताए।

उनले भने, ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म यो दौडमा छैन, यो उनीहरूको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिँदैनौँ, संसदमा उनीहरू कसरी प्रस्तुत हुन्छन्, काँग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

फागुन २३ गते पुनर्स्थापित प्रतिनिधि सभा अधिवेशन बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस