सरकार र विप्लव नेकपाबीचको सहमति स्वागतयोग्य : डा. रावल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार र विप्लव नेकपाबीचको सहमति स्वागतयोग्य : डा. रावल


२२ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता डा. भीम रावलले नेत्रविक्रम चन्द (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका छन् । सरकार र विप्लवबीच भएको शान्तिपूर्ण वार्ता पछि नेता रावलले सामाजिक सञ्जालमार्फत विप्लवको कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन् ।

नेता रावलले भनेका छन्,‘नेकपा (विप्लव)शान्तिपूर्ण  राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरि राखिने सङ्कल्प गरिनु स्वागतयोग्य छ।’

यस्तै उनले नेकपा विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद परिणाम ल्याओस् भन्ने कामनासमेत गरेका छन् । नेता रावलले विप्लव र सरकारबीचको शान्तिपूर्ण वार्ता सफल पार्नमा योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  ‘सरकार र नेकपा९विप्लव० बीचको सहमतिले देश र जनताको हितमा सुखद परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद’ उनले भनेका छन् ।

सरकार र नेकपा विप्लवबीच शुक्रवार बिहीबार तीन बुँदे सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस