वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली उनको निवास भैंसेपाटी पुगेका हुन्।

अहिले ओली भैंसेपाटीमै रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार घरभित्रै सामान्य चोट लागेपछि घरमै आराम गरिरहेका गौतमलाई भेट्न ओली आफैँ भैसेपाटी गएका हुन्।

संसद विघटनसँगै दुई समुहमा विभाजित नेकपाको एकताका लागि गौतमले अभियान चलाइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस