मन्त्री साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते


१८ पुस २०७७, शनिबार


जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।

पूर्व(पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर(८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए। मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको राठौरले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस