काठमाडौँमा सरकारविरुद्ध राप्रपाको प्रदर्शन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँमा सरकारविरुद्ध राप्रपाको प्रदर्शन


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस