भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ राजपत्रमा प्रकाशित, अब भूमिको द्वैध स्वामित्व अन्त्य हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ राजपत्रमा प्रकाशित, अब भूमिको द्वैध स्वामित्व अन्त्य हुने


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ नेपाल सरकारबाट पारित भई मिति २०७७ पुष ७ गतेको नेपाल राजपत्रमा प्रकाशन भएको छ ।

भूमिको द्वैध स्वामित्व अन्त्य, जग्गाको हदबन्दी व्यवस्थापन, भीमहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापन जस्ता कार्य सम्पादन गर्न यस नियमावलीको कार्यान्वयनले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस नियमावलीले व्यवस्था गरेका प्रक्रियाहरू कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तहहरूको महत्त्वपूर्ण योगदान हुने भएकाले सबै स्थानीय तहलाई नियमावली कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको चलानी नं. १३४/६५२ र मिति २०७७ पुस ७ गतेको पत्रबाट भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) नेपाल सरकार मन्पिरिषदबाट पारित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस