इमानदारिताका साथ काम गरेकै कारण राष्ट्र सेवा गर्ने अवसर पाएँ : मन्त्री गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इमानदारिताका साथ काम गरेकै कारण राष्ट्र सेवा गर्ने अवसर पाएँ : मन्त्री गुरुङ


११ पुस २०७७, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इमानदारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र  इमानदारिताका साथ काम गर्दा मात्रै हरेक क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उच्च नैतिकता र इमानदारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए । मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गरे । उच्च नैतिकता र इमानदारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गरे ।

कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्वारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता सङ्ग्रह तथा ‘जुुँगुुदेखि मुगुसम्म’को अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गरेका थिए । यस्तै उनले नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मान पनि गरेका थिए । त्यस अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्च माध्यमिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको पानि बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस