ओली पक्षले लगाएको केही घण्टामै दाहाल-नेपाल समूहले फोडे चितवन पार्टी कार्यालयको ताला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली पक्षले लगाएको केही घण्टामै दाहाल-नेपाल समूहले फोडे चितवन पार्टी कार्यालयको ताला


११ पुस २०७७, शनिबार


चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले ताला लगाएको केही घण्टामै दाहाल-नेपाल समुहले फोडेका छन् ।

भरतपुर महानगरपालिका–१० स्थित मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला दाहाल-नेपाल समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् ।

भरतपुर महानगरपालिका–१० स्थित पार्टी कार्यालय तत्कालीन एमाले पार्टी कार्यालय हो। पार्टी नेतृत्वलाई वदनाम गरी कार्यालयबाट गतिविधि भइरहेको भन्दै जिल्ला कार्यालय मदननगरमा कार्यालयमा सूचना टाँसिएको समेत गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस