वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल


७ पुस २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी गएका छन्। गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल सहभागी थिएनन्।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आ-आफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरेका थिए । तर, दुवै नेताले दुवै तर्फको भेला अस्वीकार गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस