१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध औषधिसहित ८ पक्राउ

अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कालिका नगरपालिका-४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका-८ का २५ वर्षीय सुरज गौतम, सोही गापा वडा नं ३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका-५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ का २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

माडी नगरपालिका-९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नंको गाडीबाट अवैध औषधिसहित उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अ‍ैषधिको मूल्य अनुमानित रु २१ लाख १० हजार ५३२ छ । माडीमा नै बेवारिसे अवस्थामा रु नौ लाख ९५ हजार १०० बराबरको औषधि बरामद भएको छ । वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिए ।

औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको उनले बताए । बाथरोग, क्याल्सियम कमी भएका र पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्र्किङ व्यवसायको प्रयोजनका लागि ल्याइएको हुन सक्ने उनले जानकारी दिए ।

गैरकानूनीरुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने गुरुङले बताए । अवैध कारोबारका लागि माडी–ठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरुलाई मङ्गलबार बिहान पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस