चितवनमा आजदेखि राष्ट्रिय परिचय-पत्र वितरण शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवनमा आजदेखि राष्ट्रिय परिचय-पत्र वितरण शुरु


२९ मंसिर २०७७, सोमबार


चितवन । चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले तीन जनालाई परिचयपत्र हस्तान्तरण गरे । सो अवसरमा मन्त्री थापाले हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीब्रता दिने बताए ।

परिचयपत्रले देशमा शान्ति सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । दुई वर्षभित्र सम्पूर्ण नेपालीको हातहातमा परिचयपत्र पुगिसक्ने मन्त्री थापाले बताए । अब जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस