रक्सी खाएर दिउँसै कर्मचारी कुट्नेलाई कारबाही गर्न कर्मचारी सङ्गठनको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रक्सी खाएर दिउँसै कर्मचारी कुट्नेलाई कारबाही गर्न कर्मचारी सङ्गठनको माग


२८ मंसिर २०७७, आइतबार


काठमाडौँ । सिदिङवा गाउँपालिकामा कार्यरत कर्मचारीलाई मादक पदार्थ सेवन गरी कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले माग गरेको छ ।

ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक अहेव राम अवतार यादव, प्राविधिक सहायक जसना कुमारी गनगाई र समविनि सुशीला सुवेदीमाथि शनिवार कुटपिट तथा साङ्घातिक आक्रमण गर्ने सोही गाउँपालिका वडा नम्बर ४ साब्लाखुका सुरेन्द्र ईदिङ्गो र सन्तोष ईदिङ्गोलाई कडा कारबाही गर्न माग गरेको हो ।

सङ्गठनले कार्यस्थलमा कर्मचारीको सुरक्षाको प्रत्याभूति गरी सेवा प्रवाहमा सहजतापूर्वक खटिने वातावरण निर्माण गर्न नेपाल सरकारलगायत सम्बद्ध पक्षसँग मागसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस