सहसचिव र उपसचिवको दरखास्त सुचारु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहसचिव र उपसचिवको दरखास्त सुचारु


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले स्थगित सहसचिव र उपसचिव स्तरको दरखास्त सुचारु गरेको छ ।

सर्वोच्च अदालतबाट आयोगका नाममा जारी भएका अल्पकालीन अन्तरिम आदेशबाट पदपूर्ति प्रक्रिया अगाडी बढाउन बाधा नपर्ने गरी फैसला भएका असोज २८ गतेको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी(प्राविधिक/अप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूको बढुवा सूचना लगायत आन्तरिक, खुल्ला तथा समावेशी विज्ञापन भोलि(शुक्रवार)देखि दरखास्त लिइने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले पद लुकाएको भन्दै केही कर्मचारीले अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले सहसचिवको बढुवा रोक्ने रिट खारेज गरेको थियो ।

आयोगका विभिन्न विज्ञापनमा १६ वटा रिट परेका छन् ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस