बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको सम्भावना


एजेन्सी

२३ मंसिर २०७७, मंगलबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत हुनेछन् ।

यद्यपी औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस