प्रचण्डलाई भेट्न ईश्वर पोखरेल पुगे खुमलटार, साझा प्रस्ताव बनाउन आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्डलाई भेट्न ईश्वर पोखरेल पुगे खुमलटार, साझा प्रस्ताव बनाउन आग्रह


१९ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबिच भेट भएको छ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रवार बिहान खुमलटार पुगेका थिए।

प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मङ्सिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुवै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा रहेका छन् भने प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस