मन्त्रिपरिषद् बैठकअघि शीतलनिवास पुगे प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठकअघि शीतलनिवास पुगे प्रधानमन्त्री ओली


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री शीतलनिवास पुगेको पुष्टि गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको भेट नियमित भएको बजगाइँले बताए ।

प्रधानमन्त्री ओलीले आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस