पाँचथरको फिदिममा पिकअप गाडी दुर्घटना, एकको मृत्यु, दुई गम्भीर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँचथरको फिदिममा पिकअप गाडी दुर्घटना, एकको मृत्यु, दुई गम्भीर


१७ मंसिर २०७७, बुधबार


फिदिम । पाँचथरको फिदिममा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा मङ्गलवार राति पिकअप गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा फिदिम–१ निवासी अर्जुन शङ्करको घटनास्थलमै मृत्यु भएको हो । यस्तै धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका छन् । उनको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नं को डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस