दुई तिहाईको निर्लज्जताले सत्ता समिकरणका लागि निम्तो गर्‍यो कांग्रेस नेता बलायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई तिहाईको निर्लज्जताले सत्ता समिकरणका लागि निम्तो गर्‍यो कांग्रेस नेता बलायर


१३ मंसिर २०७७, शनिबार


डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बिरबहादुर बलायरले अहिलेको अवस्थामा सरकार संग दुई तिहाई बहुमत हुँदाहुँदै कांग्रेसलाई सत्ता समिकरणका लागि पठाएको निम्तो निलज्जतापूर्ण रहेको बताए ।

नेपाल प्रेस युनियन डोटी शाखा द्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाई वा फुटाईसंग कांग्रेसको कुनै संलग्नता नरहेको वताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागि नहुने वताएका छन् ।

‘दुईतिहाई बहुमत हुँदा हुँदै कांग्रेसलाई सत्ता समिकरणका लागि पठाएको निलज्जतापूर्ण निम्तो आउनु राजनीतिक अस्थिरताको संकेत हो’ बलायरले भने ‘यस्तो निम्तो कांग्रेसले स्वीकार गर्नु पर्छ भन्ने जरुरी छैन ।’ उनले आफ्नो घरबाटै सहयोग जुटाउन नसक्नेले कांग्रेससंग सत्ता समिकरणको आश गर्नु हास्यास्पद् भएको वताए । उनले भने ‘कि त हामी सरकार चलाउनु सक्दैनौं भनेर नेकपाले हात खडा गर्नु पर्‍यो ।’ बलायरले देशको वर्तमान अस्तव्यवस्तता लाई ध्यानमा राख्दै नेपाली कांग्रेसले बरु मध्यावधी निर्वाचनको मागगर्ने समेत वताए ।

देशलाई बर्तमान परिस्थितिबाट उम्काउनका लागि मध्यावधी निर्वाचन उपयुक्त हुन्छ’ संबिधानसभा सदस्य समेत रहेका वलायरले भने ‘संबिधान राम्रो गर्नका लागि वनेको हो, त्यसैले मध्यावधी निर्वाचन हुनै सक्दैन भन्ने होईन् ।’ उनले राजनीतिक अस्थिरता भन्दा मध्यावधी निर्वाचननै उपयुक्त हुने दावी गरे ।

पूर्व मन्त्री बलायरले वर्तमान सरकार पूर्ण रुपमा असफल भईसकेको दावी गरे । ‘कम्युनिष्टहरुको शासनका कारण देश संकटको अवस्थामा पुगेको छ’ उनले भने ‘नेकपाको आन्तरिक लडाईका कारण जनताको जीवनमाथी खेलवाड भईरहेको छ ।’ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी प्रयास गर्न नसकेको, जनताकालागि राहतका प्याकेजहरु ल्याउन नसकेको र संबिधानको कार्यान्वयन गर्न नसकेको समेत बताए ।

सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी हुन सक्दैन

सुदूरपश्चिम प्रदेश सभाले प्रदेश राजधानी कैलालीको गोदावरीमा वनाउने गरि गरेको निर्णय कार्यान्वयन नहुने कांग्रेस केन्द्रीय सदस्य नेता वलायरले दावी गरे । ‘युनेस्कोको मापदण्ड बिपरित बन फाडानी गरेर राजधानी वनाउने निर्णय यिनीहरु (प्रदेश सरकार) ले तीन जुनी सम्म पनि कार्यान्वयन गर्न सक्दैनन्’ सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा केन्द्रीय सदस्ग बलायरले भने ‘प्रदेश सभाले तोकेको स्थानमा राजधानी हुने कुरामा मलाई कत्ति पनि बिश्वास छैन ।’ उनले राजधानी दिपायलमै उपयुक्त हुने कुरा दोहोर्‍याए ।

आफु मन्त्री हुँदा मन्त्री परिषद्ले अस्थायी राजधानी दिपायल तोक्न नसक्नुमा आफ्नो पनि केही बाध्यता रहेको वताउँदै उनले भने ‘स्थायी राजधानी हुँदा डोटीका तीन जना प्रदेश सभा सदस्यहरुले गोदावरीको पक्षमा मतदान नगरेको भए राजधानी दिपायल हुन्थ्यो ।’

सुदूरपश्चिम प्रदेश सभाको दुईतिहाई बहुमतले २०७५ साल असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको थियो । जंगलको बिचमा राजधानी तोकेको भन्दै सर्वत्र बिरोध भएको उक्त निर्णय कार्यान्वयनका लागि ठोस पहल भने हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस