महोत्तरी घटना छानबिन गर्न गृहद्वारा छानबिन समिति गठन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महोत्तरी घटना छानबिन गर्न गृहद्वारा छानबिन समिति गठन


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ। ६ वर्षीय बालिका गुलबसा खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज(सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौँ मृत्यु भएको थियो।

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच चार बुँदे सहमति भएको थियो। आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो।

उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस