नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवँर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवँर


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँर नियुक्त भएका छन् ।

यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले सम्हालेका थिए । कडायतको प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएपछि अहिले कुँवरले सो जिम्मेवारी पाएका हुन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुवँरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरीले जनाएको छ ।

उनलाई सम्पर्क नम्बर ९८५१२९२१११ र [email protected] मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस