एकीकरण मार्ग सम्बन्धी जनप्रतिनिधिहरूसँग छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकरण मार्ग सम्बन्धी जनप्रतिनिधिहरूसँग छलफल


११ मंसिर २०७७, बिहिबार


डोटी । श्री नम्बर ५ बाहिनी राजपुर दिपायलले एकीकरण मार्ग सम्बन्धी डोटी जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरिएको छ ।

डोटी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं पुरातात्त्विक किल्ला, गौणा जस्ता महत्त्वका स्थलहरूको बारेमा जानकारी लिन जनप्रतिनिधिहरुसँग छलफल गरिएको श्री नम्बर ५ बाहिनीका बाहिनिपति तथा सहायक रथी नकुल बहादुर रायमाझीले बताए । उनले भने, ‘डोटी जिल्लाका कुन–कुन स्थानमा के कस्ता ऐतिहासिक एकीकरण मार्ग, स्थलहरू छन् ? तिनीहरूको पहिचान गरी संरक्षण गर्ने हामी सबैको दायित्व हो ।’

इतिहासलाई पल्टाएर हेर्ने हो भने डोटी जिल्ला ऐतिहासिक महत्त्व बोकेको जिल्ला हो । डोटीमा थुप्रै धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरू रहेका छलफलमा सहभागी शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । जिल्लामा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको पहिचान गरी विकास प्रवर्द्धन गर्नु आवश्यक रहेको समेत बताए । शिखर नगरपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण सम्बर्द्धन गर्न योजनासहित अगाडी बढिरहेको समेत नगर प्रमुख जोशीले बताए ।

डोटी जिल्लामा हाल नारी दाङ डुम्राकोट, सिलगढी गौडा, कोटभैरव, निरौली दरबार, सालमुनी भागेश्वर, काडामाण्डौ मालिका, भीम छेदन शिला, शैलेश्वरी मन्दिर, खप्तड, हेहीमाणौ, तेडी थान, भेलछडा झरना, कालारुवा ताल लगायतका धार्मिक पर्यटकीय, ऐतिहासिक एवं पुरातात्त्विक स्थलहरूका साथै विभिन्न एकीकरण मार्गहरू समेत रहेका छन् ।

छलफल कार्यक्रममा डोटी जिल्लास्थित सात वटा स्थानीय तहका प्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस