अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेसले देखायो कालो झन्डा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेसले देखायो कालो झन्डा


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा नेपाल सरकारका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई बुटवलमा नेपाली कांग्रेसले कालो झण्डा देखाएको छ । गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेसको भातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा तिनाउ पुल नजिकै भेला भएका कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन समेत गरेका थिए ।

अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

करिब एक वर्षपछि बुटवल पुगेका अर्थमन्त्री पौडेललाई पदसँग राजधानी साटेको भन्दै कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएपछि बुटवलबासीहरुले विभिन्न विरोध प्रदर्शनहरु गरिरहेका छन् । यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए। नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस