आजको मौसम : हिमपातका साथै हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजको मौसम : हिमपातका साथै हल्का वर्षाको सम्भावना


१० मंसिर २०७७, बुधबार


काठमाडौँ। अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी, लुम्बिनी, बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

बुधवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ । बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार दिउँसो बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भामा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १,बाग्मती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Tags :
प्रतिक्रिया दिनुहोस