छठका अवसरमा राष्ट्रपति सहभागी नहुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकि छन् ।

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकि थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएकि हुन् ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकि थिइनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस