पहाडी भू-भागका केही ठाउँमा आंशिक बदली, सोमबार हल्का वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहाडी भू-भागका केही ठाउँमा आंशिक बदली, सोमबार हल्का वर्षा र हिमपातको सम्भावना


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। आज बिहान देशको पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

राती देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस