कोरोना संक्रमणबाट झापामा थप २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट झापामा थप २ जनाको मृत्यु


२३ कार्तिक २०७७, आइतबार


झापा । झापामा कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान थप दुई जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ मा बस्ने पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष र अर्जुन धारा नगरपालिका-६ की ८१ वर्षीया महिला रहेका छन् ।

भद्रपुर नगरपालिका-५ बस्ने ६२ ती पुरुषले कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब दिएको वडा नम्बर-५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । मृतक पुरुषको रिर्पोट आइतबार बिहान मात्र आएको हो।

उनी दिर्घरोगले पिडित थिए । उनको दाहसंस्कार कनकाई नदीमा नेपाली सेनाको टोलीले गर्नेछ ।

त्यसैगरी अर्जुन धारा नगरपालिका-६ की ८१ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण आइतबार बिहान मृत्यु भएको छ ।

रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा उपचाररत रहेकी वृद्धाको पीसीआर परीक्षणको रिर्पोट शनिबार पोजिटिभ आएको थियो । उनको पनि नेपाली सेनाको टोलीले नै आइतबारै अन्त्येष्टि गराउने वडाअध्यक्ष लोकनाथ गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस