भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर पछि पशुपतिक्षेत्र पुगे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर पछि पशुपतिक्षेत्र पुगे


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी आजै यहाँ आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी धर्मपत्नी विना पनि छिन् ।

उनीले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड-१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस