चामल ढुवानी अनियमितताबारे छानविन गर्न समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चामल ढुवानी अनियमितताबारे छानविन गर्न समिति गठन


१९ कार्तिक २०७७, बुधबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले चामल ढुवानीमा हुने अनियमितताबारे अध्ययन गर्न सात सदस्यीय अनुगमन समिति गठन गरेको छ । कर्णालीका हिमाली जिल्लाहरूमा हुने चामल ढुवानीमा अनियमितता भएको पाइएपछि प्रदेश सरकारले अनुगमन समिति गठन गरेको हो ।

बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको होे ।

समितिमा कर्णाली प्रदेश प्रहरी प्रमुख, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एकरएकजना प्रतिनिधि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालयका प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सदस्य रहनेछन् ।

कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको २५० क्विन्टल चामल भक्तपुर लैजाने क्रममा प्रहरीले कात्तिक १३ गते सुब्बाकुनाबाट बरामद गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस