५६ हजार रुपैयाँसहित सुर्खेतबाट ७ जुवाडे पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५६ हजार रुपैयाँसहित सुर्खेतबाट ७ जुवाडे पक्राउ


१९ कार्तिक २०७७, बुधबार


पक्राउ

सुर्खेत । सुर्खेको वीरेन्द्रनगरबाट सात जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर-७, स्थित निर्मला शाहीको घरबाट ५६ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा घर धनी ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, वडा नम्बर-८, का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर-९, का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर-३, का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर-६, का ३२ वर्षीय निराजन शाही रहेका छन् ।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको छ । थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस