इमर्जेन्सी विभागका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इमर्जेन्सी विभागका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधवार अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा दिएका हुन्।

आफूहरूलाई ज्यालादारी भनेर दसैँ–तिहार भत्ता नदिएको, एक दिनको तलब भत्ता गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामा पत्रमा उल्लेख छ।

अस्पताल प्रशासनले यस किसिमको व्यवहार देखाउँदा आफूहरूको मनोबलमा गिरेको उनीहरूले बताएका छन्। अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ।

कोरोनाको उपचारमा खटिएबापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरू कात्तिक २ गतेदेखि आन्दोलनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस