तीन वटा अल्पकालीन आदेशसँगै उपसचिव र सहसचिवको दरखास्त नलिने लोक सेवाको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन वटा अल्पकालीन आदेशसँगै उपसचिव र सहसचिवको दरखास्त नलिने लोक सेवाको निर्णय


१९ कार्तिक २०७७, बुधबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त स्थगन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी(प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगन गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जनाएका छन् ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि आयोगले दरखास्त स्थगन गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टा छुट्टै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । यससँगै सर्वोच्च अदालतले लोक सेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार : सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा सर्वोच्चमा मुद्दा, अल्पकालीन अन्तरिम आदेश जारी

सम्बन्धित समाचार : प्रशासन सेवाको सहसचिवको विज्ञापन अनिश्चितकालका लागि स्थगित, दरखास्तसमेत नलिने

सम्बन्धित समाचार : रोकियो उपसचिवको विज्ञापन, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

कोरोना संक्रमणसँगै ढिलाई हुन गएको आयोगको परीक्षा सर्वोच्च आदेशपछि थप केही पछाडी धकेलिने देखिन्छ । यद्यपी भई सकेको विज्ञापन रद्य नै हुन पनि त्यति सहज नभएकोले तयारीमा रहेका परीक्षार्थिहरुले आफ्नो पढाईलाई निरन्तरता दिइरहन उपयुक्त देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस