निःशुल्क खाना खुवाउने अभियान्ताहरुसँग सहकार्य गर्न तयार छौँ : मेयर शाक्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निःशुल्क खाना खुवाउने अभियान्ताहरुसँग सहकार्य गर्न तयार छौँ : मेयर शाक्य


प्रशासन संवाददाता

१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियन्ताहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शाक्यले उक्त अभियानलाई अभियान बलपूर्वक नरोक्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताए का छन्।

‘काम गर्न सक्नेहरुले काम गरुन्, कोही खाना खानै नपाएर भोको बस्नु नपरोस् भनेर अभियान्ताहरुसँग सहकार्य गर्न पनि हामी तयार छौँ’ उनले भने ।

महानगरले पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई दिनसक्ने उनले बताए । त्यसका लागि आजै अभियान्ताहरुसँग छलफल गर्न चाहेको उनले जानकारी दिए ।

महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस