पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

उनलाई दशैंमा पुर्ख्यौली घर रोल्पा गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनको शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै निमोनिया पनि देखिएको थियो । उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

सीताको जन्म रोल्पाको गजुल धौले गाउँमा २०१८ साउन १३ मा भएको थियो । उनको २०३५ सालमा महरासँग विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दुःख दिइएको पारिवारिक स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस