कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार


१९ कार्तिक २०७७, बुधबार


काठमाडौं । कोरोना संक्रमणको कारण छ दिनदेखि वेहोस रहेका पूर्व वाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ ।

ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए ।

उनले भने, ‘चिकित्सकहरुले स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको बताउनुभएको छ ।’ ६ दिन देखि बेहोस अवस्थामा उपचार भएको थियो। होसमा आउनुभएको छ।’

विश्वकर्माको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा उपचार भइरहेको थियो। निमोनिया समेत देखिएका विश्वकर्माको फोक्सोले काम गर्न सुरु गरेको बताइएको छ।

मंगलबारबाट नेता विश्वकर्माको फोक्सोले पनि काम गर्न थालेको र स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले बताएको छ ।

गत कार्तिक १ मा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनलाई वीरबाट ग्र्यान्डी अस्पताल सारिएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस