आईपीएल : कोलकताद्धारा राजस्थान रोयल्स ६० रनले पराजित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आईपीएल : कोलकताद्धारा राजस्थान रोयल्स ६० रनले पराजित


एजेन्सी

१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सद्धारा राजस्थान रोयल्स ६० रनले पराजित भएको छ ।

यूएईमा आज राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ ।

कोलकोताले दिएको १९२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन मात्रै बनायो। ​

कोलकताका लागि इयान मोर्गनले कप्तानी पारी खेले । खराब सुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि राहुल तेवटियाले तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागीले २, जोफ्रा आर्चर र श्रीयस गोपालले एकरएक विकेट लिए ।

१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।

यो जितपछि कोलकता रन रेटका आधारमा शीर्ष चारमा पुगेको छ । अन्तिम खेलमा हैदराबाद पराजित भए कोलकताले प्लेअफमा स्थान बनाउनेछ ।

यसअघि हिजो भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

आइपिएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ।

Tags :
प्रतिक्रिया दिनुहोस