तीन नवनियुक्त राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन नवनियुक्त राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ


१६ कार्तिक २०७७, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।

राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस