पूर्वमन्त्री विश्वकर्मालाई थप उपचारकालागि आईसीयूबाट भेन्टिलेटरमा सारियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वमन्त्री विश्वकर्मालाई थप उपचारकालागि आईसीयूबाट भेन्टिलेटरमा सारियो


१५ कार्तिक २०७७, शनिबार


काठमाडौँ। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमणसँगै निमोनिया समेत भएका विश्वकर्मार्को ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।

आइसियुको उपचारबाट उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ,’ उप्रेतीले भने । ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस