बिहिबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्‍यो « प्रशासन
prasaLogo
६ कार्तिक २०७७, बिहीबार

बिहिबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्‍यो


प्रकाशित मिति : 22 October, 2020 5:10 pm

काठमाडौँ । बिहिबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस