केएमसी अस्पतालको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केएमसी अस्पतालको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्माहत्याको प्रयास गर्ने युवकको मृत्यु भएको छ ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

मानसीक रोगबाट ग्रसीत खड्काले कोठामा आगो लगाउदा आगोले पोलेपछि उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस