पूर्वराजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टीका नलगाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टीका नलगाउने


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको वडा दसैंको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । शनिबार सूचना सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले असहजस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।

सँगै पूर्वराजा ज्ञानेन्द्रले यस वर्षको महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र पूजापाठसमेत नगर्ने बताएका छन् ।

‘यसवर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ’, पूर्वराजा ज्ञानेन्द्रको नाममा सार्वजनिक सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस