अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन : आकस्मिक बाहेक अपरेशन नगर्नू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन : आकस्मिक बाहेक अपरेशन नगर्नू


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिएका छन् ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस