अजय देवगनका भाइ अनिल देवगनको असामयिक निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अजय देवगनका भाइ अनिल देवगनको असामयिक निधन


एजेन्सी

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ ।

अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया ट्वीटर अकाउन्टमार्फत् जानकारी दिएका छन् ।

अनिल एक सफल फिल्म निर्देशक हुन् । उनको के कारणले मृत्यु भएको भन्ने पुष्टि हुन सकेको छैन । तर भारतीय केही मिडियामा उनी क्यान्सरबाट ग्रसित भएको बताइन्छ ।

अनिलको निधनमा थुप्रै सेलिब्रिटीले शोक व्यक्त गरेका छन् । करण जोहर, वरुण धवन, दिया मिर्जा, बिपाशा बसु, अब्बास मस्तान, अलि फजल, अभिषेक बच्चनसमेत थुप्रैले अनिललाई श्रद्धाञ्जली दिएका छन् ।

अजय देवगणले मंगलबार आफ्नो भाईको निधनको दुखद खवरलाई ट्वीटर यसरी लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ । आत्माका लागि प्रार्थना गर्नुहोस् । कोरोनाभाइरस महामारीका कारण कुनै व्यक्तिगत शोक सभा आयोजना गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस