नेकपा सचिवालय बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक स्थगित


१८ आश्विन २०७७, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस