तीन महिनामै एप्पलको कमाइ गुगलभन्दा दोब्बर : एपस्टोरबाटै २० अर्व डलर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तीन महिनामै एप्पलको कमाइ गुगलभन्दा दोब्बर : एपस्टोरबाटै २० अर्व डलर


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौं । एप्पल कम्पनीले एपस्टोरबाट तीन महिनामै गुगलको भन्दा दोब्बर आम्दानी गरेको छ । सन् २०२० को जुलाईदेखि सेप्टेम्बर सम्म एप्पलले इन–एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्व डलर आम्दानी गर्न ससफल भएको सनसर टावर रिपोर्टले जानकारी दिएको छ ।

तेस्रो त्रैमासिकमा विश्वभरका मोबाइल एप प्रयोगकर्ताहरुले २९ अर्व ३० करोड डलर खर्च गरेको रिपोर्ट छ । अघिल्लो वर्ष भने विश्वमा सोही अवधिमा २८ अर्व ३० करोड एप इन्स्टल भएको थियो ।

पहिलो त्रैमासिकमा एप स्टोर र गुगल प्लेबाट ३६ अर्व ५० करोड पटक एपहरु डाउनलोड भएका छन् । जसमध्ये गुगल प्लेस्टोरबाट २८ अर्व ३० करोड र एप्पलको एप स्टोरबाट ८ अर्व २० करोड पटक एप इन्स्टल भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस