आजदेखि विद्यालय सञ्चालन गर्न गौर नगरपालिकाको निर्देशन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि विद्यालय सञ्चालन गर्न गौर नगरपालिकाको निर्देशन 


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौँ । रौतहटको गौर नगर फलिकाले आजदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू आइतबारदेखि सञ्चालन गर्न नगरपालिकाले सम्पूर्ण विद्यालयलाई निर्देशन गरेको हो ।

कोरोना महामारीका कारण ठप्प रहेको पठनपाठनले विद्यार्थीहरूको मानसिकतामा नकारात्मक असर पर्ने भएकाले जनस्वास्थ्य मापदण्ड अवलम्बन गर्दै विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी दिए ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार अनलाइन शिक्षण क्रियाकलाप  तथा वैकल्पिक शिक्षण विधिबाट सिकाइ शिक्षण कार्य सञ्चालन भइरहेतापनि त्यति  प्रभावकारी नरहेको प्रमुख गुप्ताको भनाइ छ ।

लकडाउन खुलेपश्चात् वातावरण अलि सहज भएतापनि कोरोनाको जोखिम कायमै रहेकाले विद्यालयमा सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइ केन्द्रको रूपमा सञ्चालन गर्न नगरपालिकामा सामुदायिक सिकाइकेन्द्रहरु नरहेका मेयर गुप्ताले जानकारी दिए ।

उनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि विद्यालयहरूलाई नै सिकाइ केन्द्रको रूपमा प्रयोग गरिने गरी स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम पठनपाठन सञ्चालन गरिने बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  निर्देशन बमोजिम सामाजिक र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड बमोजिम प्रति कक्षा कोठामा बढीमा २० जनासम्म बालबालिका सहभागी गराई मास्क तथा स्यानिटाइजर प्रयोग गरी गराई विद्यालयलाई नै सिकाइ केन्द्रको रूपमा सञ्चालन गराउन निर्देशन गरिएको हो ।’

 

प्रतिक्रिया दिनुहोस