विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्माहत्या « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्माहत्या


८ आश्विन २०७७, बिहिबार


तेह्रथुम । आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक बोलाएर आफुले झुण्डिएर आत्माहत्या गरेका छन् ।

बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनि घरबाट निस्किएका ईङ्नमा अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए ।

खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाँउमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं। ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

घट्ना स्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाचँथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस