कोरोना संक्रमितको उपचारमा खटिएकाको २५ लाख रुपैयाँको बीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमितको उपचारमा खटिएकाको २५ लाख रुपैयाँको बीमा


७ आश्विन २०७७, बुधबार


काठमाडौँ । सरकारले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्नहरूको २५ लाख रुपैयाँको निःशुल्क बीमा गर्ने निर्णय गरेको छ । सिँहदरवारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको जानकारी दिएका हुन् ।

‘सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बीमा गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निःशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस