बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामा अवतरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामा अवतरण


प्रशासन संवाददाता

१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । बाढी पहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामै रोकिएको छ।

खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको जनाइएको छ ।

‘हेलिकप्टर स्याङ्जासम्म पुगेको भए पनि खराब मौसमका कारण अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिए अधिकारीले जनाएका छन् ।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ।

बागलुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको भने ३६ जना अझै बेपत्ता छन्।

Tags :
प्रतिक्रिया दिनुहोस